ne_tn/1co/01/25.md

2.3 KiB

परमेश्‍वरको मूर्खता मानिसहरू भन्‍दा बुद्धिमान हुन्‍छ, र परमेश्‍वरको दुर्बलता मानिसहरू भन्‍दा शक्तिशाली हुन्‍छ

सम्‍भावित अर्थहरू हुन् १) व्‍यङ्‍ग्‍यात्‍मक रूपमा पावलले परमेश्‍वरको मूर्खता र दुर्बलताको बारेमा कुरा गर्छन् । परमेश्‍वर मूर्ख वा दुर्बल हुनुहन्‍न भनी पावललाई थाहा छ । वैकल्‍पिक अनुवादः “जे परमेश्‍वरको मूर्खता झैँ लाग्‍छ, त्‍यो मानिसहरूका बुद्धिभन्‍दा बढी बुद्धिमान् हुन्‍छ र जे परमेश्‍वरको दुर्बलता झैँ लाग्‍छ, त्‍यो मानिसहरूका बलभन्‍दा शक्तिशाली हुन्छ” वा २) पावलले ग्रीक मानिसहरूका दृष्‍टिकोणबाट कुरा गरेका हुन् जसले परमेश्‍वर मूर्ख वा दुर्बल भनी विचार गर्छन् । वैकल्‍पिक अनुवादः “मानिसहरूले जे कुरालाई परमेश्‍वरको मूर्खता भन्‍छन् सो कुरा मानिसहरूले जे कुरालाई बुद्धि भन्‍छन् सोभन्‍दा साँच्‍चै बुद्धिमान् हुन्‍छ, अनि जे कुरालाई मानिसहरूले परमेश्‍वरको दुर्बलता भन्‍छन् सो कुरा मानिसहरूका बलभन्‍दा साँच्‍चै शक्तिशाली हुन्‍छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)