ne_tn/zec/14/20.md

2.4 KiB

सामान्य जानकारीः

यी पदहरूले यरूशलेम सहरको अन्तिम लडाईं र परमेश्‍वरले उनलाई कसरी बचाउनुहुनेछ भन्‍ने कुराको निरन्तर बयान गर्छ ।

वेदीसामुका कचौराहरूझैँ हुन्छन्

अर्को अनुवादः "वेदिमा प्रयोग गरिने कचौराहरूझैँ पवित्र हुनेछन्"

यरूशलेम र यहूदाका हरेक भाँडाहरू सेनाहरूका परमप्रभुको निम्ति अलग गरिनेछन्

विशेषगरि बलिदानहरू र परमप्रभुको आराधनाका लागि मन्दिरमा प्रयोग गर्न विभिन्‍न थरिका भाँडाकुडाहरू बनाइएको थियो । यिनीहरूलाई विशेष मानिन्थ्यो र अरू केहि कुराको लागि प्रयोग गरिँदैनथियो ।

परमप्रभुको भवनमा कोही व्यापारीहरू बाँकी हुनेछैनन्

मन्दिरमा परमप्रभुको लागि उचित बलिदानहरू चढाउन मानिसहरूलाई चाहिने सामानहरू बेच्‍नु व्यापारीहरूका लागि एउटा चलन थियो । केहि संस्करणहरूले "कनानीहरू" भनी अनुवाद गरेका छन्, किनभने हिब्रू पुस्‍तकमा दोहोरो अर्थ हुन सक्छः "व्यापारीहरू" र "कनानीहरू ।"

शब्द अनुवाद