ne_tn/rom/16/25.md

2.6 KiB

जोड्ने कथनः

पावलले एउटा आशिष्‌को प्रार्थनाले समापन गर्छन् ।

अब

यहाँ “अब” भन्‍ने शब्दले यस पत्रको अन्तिम भागलाई सङ्केत गर्छ । यदि तपाईंको भाषामा यसो गर्ने कुनै तरिका छ भने, तपाईंले त्यसलाई यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ ।

तिमीहरूलाई बलियो बनाउन

यहाँ पावलले बलियो विश्‍वास राख्‍ने कुरालाई कुनै व्यक्ति लड्नुको साटोमा उभिरहने कुरा भए झैँ गरेर बताउँछन् ।वैकल्पिक अनुवादः “तिमीहरूको विश्‍वासलाई बलियो बनाउन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरो सुसमाचार र येशू ख्रीष्‍टको प्रचारअनुसार

“येशू ख्रीष्‍टको बारेमा मैले प्रचार गरेको सुसमाचारद्वारा”

धेरै अगाडिदेखि गुप्‍त राखिएको रहस्यको प्रकाशअनुसार

पावलले भन्छन् कि अगाडि लुकाइएका सत्यताहरूलाई परमेश्‍वरले विश्‍वासीहरूको समक्ष प्रकट गर्नुभएको छ । उनले यी सत्यताहरूको विषयमा मानौँ तिनीहरू कुनै गोप्‍य कुरा भए झैँ गरेर बताउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्‍वरले धेरै अगाडिदेखि गुप्‍त राख्‍नुभएको कुरालाई हामी विश्‍वासीहरूलाई प्रकट गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])