ne_tn/rom/14/14.md

2.4 KiB

म जान्दछु र प्रभु येशूमा विश्‍वस्त छु

यहाँ “जान्दछु” र “विश्‍वस्त छु” भन्‍ने शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन्; पावलले उनको निश्‍चयतालाई जोड दिनको निम्ति तिनीहरूलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “प्रभु येशूसँगको मेरो सम्बन्धको कारण म निश्‍चित छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

कुनै पनि कुरा आफैँमा अशुद्ध हुँदैन

तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “सबैकुरा आफैँमा शुद्ध नै हुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

आफैँमा

“त्यसको स्वभावद्वारा” वा “यो जे हो त्यसको कारण”

जसले कुनै थोकलाई अशुद्ध भनी ठान्छ, त्यसको निम्ति मात्र यो अशुद्ध हुन्छ

पावलले यहाँ अर्थ लगाउँछन् कि एक व्यक्तिले त्यस्तो कुनै पनि कुराबाट अलग बस्‍नुपर्छ जसलाई उसले अशुद्ध ठान्छ । तपाईंले यसलाई आफ्‍नो अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर यदि कोही व्यक्तिले केही कुरा अशुद्ध मान्छ भने, उसको निम्ति त्यो अशुद्धै हुन्छ र ऊ त्यो कुराबाट अलग रहनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)