ne_tn/rom/13/intro.md

18 lines
3.6 KiB
Markdown

# रोमीहरू १३ सामान्य टिपोटहरू
## संरचना र ढाँचा
यस अध्यायको पहिलो भागमा, ख्रीष्‍टिएनहरूले तिनीहरूलाई शासन गर्ने शासकहरूको पालना गर्नुपर्छ भनेर पावलले तिनीहरूलाई सिकाउँछन् । त्यो समयमा, दुष्‍ट रोमी शासकहरूले त्यस भूभागमा शासन गर्थे । (हेर्नुहोस्ः [[rc://*/tw/dict/bible/kt/godly]])
## यस अध्यायमा भएका विशेष अवधारणाहरू
### दुष्‍ट शासकहरू
शासकहरूको पालना गर्नुपर्छ भनेर जब पावलले सिकाउँछन्, केही पाठकहरूले यसलाई बुझ्‍न कठिन भएको पाउनेछन्, विशेषगरी ती स्थानहरूमा जहाँ शासकहरूले मण्‍डलीलाई सतावट दिन्छन् । परमेश्‍वरले ख्रीष्‍टिएनहरूलाई गर्नलाई स्पष्‍टसँग आज्ञा गर्नुभएको केही कुरा गर्नलाई शासकहरूले बन्देज नलगाएसम्‍म ख्रीष्‍टिएनहरूले परमेश्‍वरको आज्ञापालनको साथसाथै तिनीहरूका शासकहरूको पनि पालना गर्नैपर्छ । त्यहाँ त्यस्ता समयहरू पनि हुन्छन् जब एक विश्‍वासी यी शासकहरूको अधीनमा पर्नुपर्छ र तिनीहरूबाट कष्‍ट पाउनुपर्छ । ख्रीष्‍टिएनहरूले बुझ्‍छन् कि यो संसार अस्थायी हो र आखिरमा तिनीहरू सदाको लागि परमेश्‍वरसँग हुनेछन् । (हेर्नुहोस्ः [[rc://*/tw/dict/bible/kt/eternity]])
## यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
### शरीर
यो एउटा जटिल विषय हो । “शरीर” चाहिँ सम्भाव्य रूपमा हाम्रो पापी स्वभावको लागि एउटा अलङ्कार हुन सक्‍छ । हाम्रा भौतिक शरीरहरू पापपूर्ण हुन्छन् भनेर पावलले सिकाइरहेका छैनन् । यस्तो देखिन्छ कि जबसम्म ख्रीष्‍टिएनहरू जीवित रहन्छन् (“शरीरमा”), हामी पाप गर्नलाई निरन्तरता दिइरहनेछौँ । तर हाम्रो नयाँ स्वभाव हाम्रो पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । (हेर्नुहोस्ः [[rc://*/tw/dict/bible/kt/flesh]] अनि [[rc://*/tw/dict/bible/kt/sin]])