ne_tn/rom/13/12.md

3.2 KiB

रात बितिसकेको छ

मानिसहरूले दुष्‍ट कामहरू गरेका समयलाई पावलले रातको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “पापमय समय समाप्‍त हुनै लागेको छ” वा “यो चाहिँ रात लगभग बितिसकेको जस्तै हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दिन नजिकै आइपुगेको छ

मानिसहरूले दुष्‍ट कामहरू गर्न रोक्ने समयलाई पावलले दिनको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “धार्मिकताको समय चाँडै सुरु हुनेछ” वा “यो चाहिँ दिन छिट्टै सुरु हुन लागेको जस्तै हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्यसैकारण हामी अन्धकारका कामहरूलाई एकतिर राखौँ

पावलले “अन्धकारका कामहरू”को विषयमा तिनीहरू कुनै वस्‍त्र भए झैँ गरेर बताउँछन् जसलाई कोही एक व्यक्तिले एकतिर राख्छ । यहाँ “एकतिर राख्‍नु” भनेको केही कुरा गर्न छोड्नु भन्‍ने हुन्छ । यहाँ “अन्धकार” भनेको दुष्‍टताको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “त्यसकारण हामी ती दुष्‍ट कुराहरू गर्न छोडौँ जुन मानिसहरूले अन्धकारमा गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामी ज्योतिका हातहतियार धारण गरौँ

यहाँ “ज्योति” भनेको असल र ठीक कुरालाई जनाउने अलङ्कार हो । ठीक कुरा गर्ने काम चाहिँ कोही एक व्यक्तिले आफ्‍नो रक्षा गर्नलाई हातहतियार धारण गर्ने कुरा भए झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “जे ठीक छ सो गर्न हामी थालौँ । यसो गर्नाले एक सिपाहीलाई सुरक्षा कवचले जोगाए झैँ गरेर हामीलाई दुष्‍टताबाट बचाउनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)