ne_tn/rom/12/20.md

2.3 KiB

तिम्रो शत्रु ... उसलाई खुवाऊ ... उसलाई पिउन देऊ ... यदि तिमीले यसो गर्‍यौ भने .... तिमीले ... थुपार्नेछौ ... खराबीबाट पराजित नहोओ, तर खराबीलाई जित

यहाँ भएका सबै “तिमी” र “तिम्रो” शब्दहरी एक व्यक्तिको निम्ति भए झैँ गरेर प्रयोग भएका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

तर तिम्रो शत्रु भोकाएको छ भने ... उसको टाउको

१२:२० मा पावलले धर्मशास्‍त्रको अर्को खण्डलाई उद्धरण गर्छन् । वैकल्पिक अनुवादः “तर धर्मशास्‍त्रले यसो पनि भन्छ, ‘यदि तिम्रो शत्रु भोको छ भने ... उसको टाउको’”

उसलाई खुवाऊ

“उसलाई केही खाने कुरा देऊ”

उसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ

ती शत्रुहरूले पाउने दण्डलाई पावलले तिनीहरूका टाउकोमा तातो कोइलाको भुङ्ग्रो खनाइएको रूपमा तुलना गरेका छन् । सम्भावित अर्थहरू हुन् १) “जुन मानिसले तिमीलाई चोट पुर्‍याएको छ, त्यसले तिमीलाई दुर्व्यवहार गरेकोमा उसलाई खराब महसुस गराऊ” वा २) तिम्रो शत्रुलाई झन् कडा रूपमा इन्साफ गर्नको निम्ति परमेश्‍वरलाई कारण देऊ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)