ne_tn/rom/10/20.md

2.0 KiB

सामान्य जानकारीः

यहाँ “म”, “मलाई”, र “मेरो” जस्ता शब्दहरूले परमेश्‍वरलाई जनाउँछन् ।

तब यशैया निकै साहसिला थिए जब उनले भन्छन्

यसको अर्थ चाहिँ परमेश्‍वरले भन्‍नुभएको कुरा यशैया अगमवक्ताले लेखे भन्‍ने हुन्छ ।

म तिनीहरूद्वारा भेट्टाइएँ जसले मलाई खोजेनन्

धेरैपटक अगमवक्ताहरूले भविष्यमा हुने कुराहरूलाई तिनीहरू पहिले नै भइसकेका छन् भने झैँ गरेर बताउँछन् । यसले त्यो भविष्यवाणी निश्‍चय नै सत्य भएर आउनेछ भन्‍ने कुरालाई जोड दिन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “हुन त अन्यजाति मानिसहरूले मलाई खोज्‍नेछैनन्, तापनि तिनीहरूले मलाई भेट्टाउनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

म ... देखा परेँ

“मैले ... आफैँलाई परिचित गराएँ”

उहाँ भन्‍नुहुन्छ

“उहाँ” शब्दले परमेश्‍वरलाई जनाउँछ, जो यशैयाद्वारा बोल्दै हुनुहुन्छ ।