ne_tn/rom/10/18.md

3.0 KiB

तर म भन्छु, “के तिनीहरूले सुनेनन् ?” निश्‍चय नै सुने

पावलले जोड दिनलाई एउटा प्रश्‍नको प्रयोग गर्छन् । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर म भन्छु, कि यहूदीहरूले निश्‍चय नै ख्रीष्‍टको बारेमा भएको सन्देश सुनेका छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-quotations]])

तिनीहरूको आवाज सारा पृथ्वीभरी, र तिनीहरूका शब्दहरू पृथ्वीको अन्त्यसम्म नै पुगेका छन् ।

यी दुवै भनाइहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र जोड दिनको निम्ति पावलले तिनीहरूलाई प्रयोग गर्छन् । “तिनीहरूको” भन्‍ने शब्दले सूर्य, चन्द्रमा र ताराहरूलाई जनाउँछ । यहाँ तिनीहरूलाई मानव सन्देशवाहकहरूको रूपमा वर्णन गरिएको छ जसले मानिसहरूलाई परमेश्‍वरको बारेमा बताउँछन् । तिनीहरूको अस्तित्वले परमेश्‍वरको शक्ति र महिमालाई कसरी देखाउँछ भन्‍ने कुरालाई यसले जनाउँछ । पावलले धर्मशास्‍त्रबाट उद्धरण गरिरहेका छन् भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जसरी धर्मशास्‍त्रले अभिलेख राख्छ, ‘सूर्य, चन्द्रमा, र ताराहरू परमेश्‍वरको शक्ति र महिमाको प्रमाण हुन्, र यस संसारमा भएका सबैजनाले तिनीहरूलाई देख्छन् र परमेश्‍वरको बारेमा भएको सत्यता थाहा पाउँछन् ।’” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] अनि [[rc:///ta/man/translate/figs-personification]] अनि rc://*/ta/man/translate/figs-explicit)