ne_tn/rom/10/06.md

2.5 KiB

तर विश्‍वासद्वारा आउने धार्मिकताले यसो भन्छ

यहाँ “धार्मिकता”लाई बोल्न सक्‍ने व्यक्तिको रूपमा वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “तर विश्‍वासले परमेश्‍वरको अगाडि मानिसलाई कसरी धर्मी बनाउँछ भन्‍ने बारेमा मोशाले यस्तो लेख्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

आफ्नो हृदयमा यसो नभन

मोशाले मानिसहरूलाई केवल एक व्यक्तिसँग मात्र कुरा गरिरहेको झैँ गरी सम्बोधन गरिरहेका थिए । यहाँ “हृदय” भनेको एक व्यक्तिको दिमाग वा भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीले आफैँलाई यसो नभन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-you]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

स्वर्गमा को उक्लने ?

मोशाले आफूलाई सुनिरहेका मानिसहरूलाई सिकाउनलाई एउटा प्रश्‍नको प्रयोग गर्छन् । उनको अगाडिको “ ... नभन” भन्‍ने निर्देशनले यस प्रश्‍नलाई एउटा नकारात्मक जवाफ खोज्‍छ । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “कोही पनि स्वर्गमा चढी जान सक्दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अर्थात्, ख्रीष्‍टलाई तल ल्याउन

“तिनीहरूले ख्रीष्‍टलाई तल पृथ्वीमा आउनुहुने बनाउनको निम्ति”