ne_tn/rom/09/06.md

1.6 KiB

जोड्ने कथनः

पावलले जोड दिन्छन् कि इस्राएलको परिवारमा जन्मनेहरूले वास्तविक रूपमा विश्‍वासद्वारा मात्रै इस्राएलको एक साँचो अंश हुन सक्छन् ।

तर यो चाहिँ परमेश्‍वरका प्रतिज्ञाहरू चुकेका जस्तो होइन

“तर परमेश्‍वर आफ्ना प्रतिज्ञाहरू कायम राख्‍नमा विफल हुनुभएको छैन” वा “परमेश्‍वरले उहाँका प्रतिज्ञाहरू कायम राख्‍नुभएको छ”

किनकि इस्राएलमा भएका सबैजना साँचो रूपमा इस्राएलका होइनन्

परमेश्‍वरले इस्राएलका (वा याकूबका) सबै शारीरिक सन्ततिहरूको निम्ति उहाँका प्रतिज्ञाहरू गर्नुभएको होइन, तर उनका आत्मिक सन्तानहरूका निम्ति ती प्रतिज्ञाहरू गर्नुभएको हो, अर्थात् तिनीहरू जसले येशूमा विश्‍वास गर्छन् ।