ne_tn/rom/08/35.md

4.3 KiB

कसले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्नेछ ?

कुनै कुराले पनि हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्दैन भनेर सिकाउनका लागि पावलले यस प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “कसैले पनि हामीलाई ख्रीष्‍टको प्रेमबाट कहिल्यै अलग गर्नेछैन !” वा “कुनै थोकले पनि हामीलाई ख्रीष्‍टको प्रेमबाट कहिल्यै पनि अलग गर्नेछैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले ?

“ख्रीष्‍टको प्रेमबाट हामीलाई अलग गर्नेछ” भन्‍ने शब्दहरूलाई अघिल्‍लो प्रश्‍नबाट बुझिएको छ । वैकल्‍पिक अनुवादः “के सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले ख्रीष्‍टको प्रेमबाट हामीलाई अलग गर्नेछ ?” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले ?

यी कुराहरूले पनि हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्दैनन् भनेर जोड दिनका लागि पावलले यस प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “सङ्कष्‍ट, दुःख, सतावट, भोक, नग्‍नता, खतरा, र तरवारले पनि हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्दैनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले ?

भाववाचक नामपद शब्दहरूलाई क्रियापद भएका वाक्यांशहरूका साथ व्यक्त गर्न सकिन्छ । यहाँ “तरवार” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले हिंस्रक तरिकाले मारिने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले हामीलाई समस्या दिए पनि, हामीलाई चोट लगाए पनि, हाम्रा वस्‍त्रहरू र खानेकुरा लगिदिए पनि, वा हामीलाई मारे भने पनि, तिनीहरूले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्दैनन् ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

सङ्कष्‍ट, वा दुःख

यी दुवै शब्दहरूको अर्थ एउटै हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)