ne_tn/rom/08/24.md

1.7 KiB

किनकि यही दृढ आशामा हामीलाई बचाइएको थियो

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्‍वरले हामीहरूलाई बचाउनुभयो किनभने हामीले उहाँमा आशा राख्यौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अब देखिएको आशा चाहिँ आशा होइन । किनकि आफूले देखेको कुराको लागि कसले आशा गर्छ ?

पावलले आफ्ना श्रोतागणलाई “आशा” के हो भनेर बुझ्नलाई सहायता गर्नका लागि एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तर यदि हामीले पक्‍का निश्‍चयताका साथ पर्खिरहेका छौँ भने, त्यसको अर्थ यो हो कि हामीले चाहेको कुरा अझै पनि हामीसँग छैन । कसैले पनि आफूले चाहेको कुरा उससँग पहिल्यैबाट छ भने त्यसको लागि निश्‍चयताका साथ पर्खन सक्दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)