ne_tn/rom/08/04.md

1.5 KiB

व्यवस्थाका आवश्‍यकताहरू हामीमा पूरा हुन सकोस्

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “हामीले व्यवस्थाले खोजेका कुराहरू पूरा गर्न सकौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हामी जो शरीरअनुसार हिँड्दैनौँ

कुनै मार्गमा हिँड्नु भनेको चाहिँ कोही व्यक्तिले आफ्‍नो जीवन कसरी जिउँछ भन्‍ने कुरालाई जनाउने एउटा अलङ्कार हो । शरीर चाहिँ पापपूर्ण मानवीय स्वभावलाई जनाउने वाक्‍पद्धति हो । वैकल्‍पिक अनुवादः “हामी जसले हाम्रा पापमय इच्छाहरूको पालना गर्दैनौँ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] or [[rc:///ta/man/translate/figs-idiom]])

तर आत्माअनुसार

“तर जसले पवित्र आत्माको आज्ञापालन गर्छौँ”