ne_tn/rom/08/03.md

3.0 KiB

किनकि जुन कुरा गर्न व्यवस्था असमर्थ थियो किनभने त्यो शरीरद्वारा कमजोर थियो, सो कुरा परमेश्‍वरले गर्नुभयो

यहाँ व्यवस्थालाई कुनै व्यक्तिको रूपमा वर्णन गरिएको छ जसले पापको शक्तिलाई तोड्न सकेन । वैकल्पिक अनुवादः “हामीलाई पाप गर्नबाट रोक्‍नको निम्ति व्यवस्थासँग सामर्थ्य थिएन, किनभने हामीभित्र रहेको पापको शक्ति ज्यादै शक्तिशाली थियो । तर परमेश्‍वरले हामीलाई पाप गर्नबाट रोक्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

शरीरद्वारा

“मानिसहरूको पापमय स्वभावको कारण”

उहाँले ... आफ्‍नै पुत्रलाई पापपूर्ण शरीरको स्वरूपमा पठाउनुभयो ... पापको लागि एउटा बलि ... उहाँले पापलाई दण्‍ड दिनुभयो

पापको लागि अनन्तको बलिदानको रूपमा उहाँको आफ्‍नै शरीर र मानवीय जीवनलाई दिनुभएर परमेश्‍वरको पुत्रले हाम्रो पापको विरुद्धमा भएको परमेश्‍वरको पवित्र क्रोधलाई सधैँको लागि शान्त पार्नुभयो ।

पुत्र

यो येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

पापमय शरीरको स्वरूपमा

“जो अन्य पापी मानव प्राणी जस्तै देखिनुहुन्थ्यो”

पापको निम्ति बलिदान हुन

“ताकि हाम्रा पापहरूको बलिदानको रूपमा उहाँ मर्न सक्‍नुभएको होस्”

उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो

“परमेश्‍वरले उहाँका पुत्रको शरीरद्वारा पापको शक्तिलाई तोड्नुभयो”