ne_tn/rom/07/intro.md

3.2 KiB

रोमीहरू ०७ सामान्य टिपोटहरू

संरचना र ढाँचा

“अथवा के तिमीहरूलाई थाहा छैन”

पावलले यसभन्दा अघि दिइएको शिक्षाको पछि आउने कुराहरूलाई जोड्दै एउटा नयाँ विषयमा छलफल गर्न यस वाक्यांशको प्रयोग गर्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“हामी व्यवस्थाबाट स्‍वतन्‍त्र पारिएका छौँ”

पावलले व्याख्या गर्छन् कि मोशाको व्यवस्थाको अब असर छैन । जबकि यो सत्य हो, व्यवस्थाको पछाडि रहेका सिद्धान्तहरू जसले समयसँग सम्बन्ध राख्दैनन्, तिनीहरूले परमेश्‍वरको चरित्रलाई प्रतिबिम्बित गर्छन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/lawofmoses)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

विवाह

धर्मशास्‍त्रले सामान्यतया विवाहलाई एउटा अलङ्कारको रूपमा प्रयोग गर्छ । यहाँ चाहिँ मण्‍डली मोशाको व्यवस्था र अब ख्रीष्‍टसँग कसरी सम्बन्धित छ भनेर वर्णन गर्नलाई पावलले त्यसलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

शरीर

यो एउटा जटिल विषय हो । “शरीर” चाहिँ सम्भाव्य रूपमा हाम्रो पापी स्वभावको लागि एउटा अलङ्कार हुन सक्‍छ । हाम्रा भौतिक शरीरहरू पापपूर्ण हुन्छन् भनेर पावलले सिकाइरहेका छैनन् । यस्तो देखिन्छ कि जबसम्म ख्रीष्‍टिएनहरू जीवित रहन्छन् (“शरीरमा”), हामी पाप गर्नलाई निरन्तरता दिइरहनेछौँ । तर हाम्रो नयाँ स्वभाव हाम्रो पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/flesh]] अनि [[rc:///tw/dict/bible/kt/sin]])