ne_tn/rom/07/15.md

2.4 KiB

जोड्ने कथनः

पावलले उनको शरीर र परमेश्‍वरको व्यवस्थाको बीचमा उनको भित्री मानिसमा भएको लडन्तको विषयमा कुरा गर्छन् - पाप र भलाइको बीचमा ।

किनभने म जे गर्छु, त्यो म वास्तवमै बुझ्दिन

“मैले गर्ने केही कुराहरू म किन गर्छु भनेर म पक्‍का छैन”

किनकि म जे गर्छु

“किनभने म जे गर्छु”

जे म गर्न चाहन्छु, त्यो म गर्दिन

“म गर्दिन” भन्‍ने शब्दहरू चाहिँ पावलले आफूलाई इच्‍छा लागेको कुराहरू उनले मन लागे जति गर्दैनन् वा उनले त्यति गर्न नचाहने कुराहरू गर्छन् भनेर जोड दिनका लागि गरिएको अतिरञ्‍जन हुन् । वैकल्‍पिक अनुवादः “म सधैँ त्यो कुरा गर्दिन जुन म गर्न चाहन्छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

जे म घृणा गर्छु, म त्यो गर्छु

“म गर्छु” भन्‍ने शब्दहरू चाहिँ, जसले अर्थ दिन्छ कि उनले सधैँ त्यो काम गर्छन् जुन गर्न उनले घृणा गर्छन्, पावलले त्यति धेरै गर्न नचाहने कुराहरू गर्छन् भनेर जोड दिनका लागि गरिएको अतिरञ्‍जन हुन् । वैकल्पिक अनुवादः “मैले कहिलेकाहीँ गर्ने कुराहरू ती नै हुन् जुन असल छैनन् भनेर मलाई थाहा छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)