ne_tn/rom/07/11.md

2.4 KiB

तर पापले आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्‍यो । आज्ञाद्वारा त्यसले मलाई मार्‍यो

रोमीहरू ७:७-८ मा झैँ गरी, पावलले पापलाई एउटा व्यक्तिको रूपमा वर्णन गरिरहेका छन् जसले तीनवटा कुराहरू गर्न सक्‍छः मौका छोप्‍न, छल्‍न, र मार्न । वैकल्पिक अनुवादः “किनकि म पाप गर्न चाहन्थेँ, मैले एकै समयमा पाप पनि गर्न सक्‍छु र आज्ञापालन पनि गर्न सक्‍छु भनेर आफैँलाई छलेँ, तर मैले आज्ञाको अवज्ञा गरेकोमा मलाई आफूबाट अलग गर्नुभएर परमेश्‍वरले मलाई दण्‍ड दिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

पाप

“मेरो पाप गर्ने इच्छा”

आज्ञाद्वारा मौका छोप्यो

पावलले पापलाई काम गर्न सक्‍ने कुनै व्यक्तिसँग तुलना गरिरहेका छन् । तपाईंले यसलाई रोमीहरू ७:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

त्यसले मलाई मार्‍यो

पावलले परमेश्‍वरको दण्‍डाज्ञाको विषयमा यसरी बताउँछन् कि मानौँ त्यसले मुख्यतया शारीरिक मृत्युको परिणाम ल्यायो । वैकल्पिक अनुवादः “त्यसले मलाई परमेश्‍वरबाट अलग गर्‍यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)