ne_tn/rom/07/01.md

1.3 KiB

जोड्ने कथनः

व्यवस्थामुनि जिउन चाहनेहरूलाई व्‍यवस्थाले कसरी नियन्‍त्रण गर्छ भनेर पावलले व्याख्या गर्छन् ।

के तिमीहरू जान्दैनौ, भाइहरू हो ... कि व्यवस्थाले एक व्यक्तिलाई ऊ बाँचुञ्‍जेलसम्‍म मात्रै नियन्‍त्रण गर्छ ?

पावलले यो प्रश्‍न जोड थप्‍नका लागि सोध्छन् । वैकल्‍पिक अनुवादः “त्यसैले निश्‍चय पनि तिमीहरू जान्दछौ कि मानिसहरूले तिनीहरू जीवित छँदा मात्र नियमहरूको पालना गर्नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

भाइहरू

यहाँ यसको अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ ।