ne_tn/rom/06/intro.md

5.8 KiB

रोमीहरू ०६ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पावलले अध्याय ५ मा सिकाएका कुराहरूप्रति परिकल्पित रूपमा कसैले गर्न सक्‍ने विरोधको जवाफ दिएर उनले यस अध्यायलाई सुरु गर्छन् ।हुन सक्‍ने भएको पावलको शिक्षाप्रति हुन सक्‍ने एउटा सम्भाव्य र परिकल्पित विरोधको उत्तर दिएर यो अध्याय सुरु हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

यस अध्यायमा भएका विशेष अवधारणाहरू

व्यवस्थाको विरुद्ध

यस अध्यायमा, ख्रीष्‍टिएनहरूले उद्धार पाइसकेपछि तिनीहरूले जसरी चाहन्छन् त्यसरी जिउन सक्छन् भन्‍ने शिक्षालाई पावलले गलत ठहराउँछन् । विद्वानहरूले यस शिक्षालाई “एन्टिनोमियानिजम” (विश्‍वास र परमेश्‍वरको अनुग्रहबाट सबै व्यवस्था र नैतिक नियमहरूबाट स्‍वतन्‍त्र भएको भन्‍ने शिक्षा) वा “व्यवस्थाको विरुद्ध” भनेर भन्छन् । ईश्‍वरीय जीवन जिउनलाई प्रेरणा दिनका निमित्त, एक ख्रीष्‍टिएनको उद्धारको लागि पावलले येशूले चुकाउनुभएको महान् मूल्यको सम्झना गराउँछन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/save]] अनि [[rc:///tw/dict/bible/kt/godly]])

पापका कमाराहरू

येशूमा विश्‍वास गर्नभन्दा अगाडि, पापले मानिसहरूलाई दासत्वमा राखेको हुन्छ । परमेश्‍वरले ख्रीष्‍टिएनहरूलाई पापको सेवा गर्ने कुराबाट स्‍वतन्‍त्र पार्नुहुन्छ । तिनीहरूले आफ्‍नो जीवनमा ख्रीष्‍टको सेवा गर्ने कुरालाई छान्‍न सक्छन् । पावलले व्याख्या गर्छन् कि जब कुनै ख्रीष्‍टिएनहरूले पाप गर्न रोज्‍छन्, तिनीहरूले स्‍वइच्छाले पाप गर्नलाई रोज्‍छन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/faith]] अनि [[rc:///tw/dict/bible/kt/sin]])

फल

यस अध्यायले फलको चित्रणलाई प्रयोग गर्छ । फलको चित्रणले सामान्यतया कुनै व्यक्तिको विश्‍वासले उसको जीवनमा असल कार्यहरूलाई उत्पादन गरिरहेको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/other/fruit]] अनि [[rc:///tw/dict/bible/kt/righteous]])

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

पावलले यस अध्यायमा आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । यस्तो देखिन्छ कि यी आलङ्कारिक प्रश्‍नहरू प्रयोग गर्नुको अभिप्राय भनेको पाठकलाई तिनीहरूको पाप देखाउनु हो ताकि तिनीहरूले येशूमा विश्‍वास गरून् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///tw/dict/bible/kt/guilt]] अनि rc://*/tw/dict/bible/kt/sin)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

मृत्यु

पावलले “मृत्यु”लाई यस अध्यायमा थुप्रै विभिन्‍न किसिमले प्रयोग गर्छन्ः शारीरिक मृत्यु, आत्मिक मृत्यु, मानिसको हृदयमा पापले राज गरिरहेको, र केही कुरालाई अन्त्य गर्नु । उनले पाप र मृत्यु चाहिँ ख्रीष्‍टद्वारा दिइएको नयाँ जीवन र ख्रीष्‍टिएनहरूले उद्धार पाइसकेपछि तिनीहरूले जिउनुपर्ने नयाँ शैलीबाट विपरीतमा छन् भनेर देखाउँछन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/other/death)