ne_tn/rom/06/19.md

3.5 KiB

म मानिस झैँ बोल्छु

पावलले किन दासत्व र स्वतन्‍त्रताको विषयमा कुरा गरिरहेका थिए भनेर उनका पाठकहरूले विचार गर्नेछन् भनेर उनले अपेक्षा गरेका हुन सक्‍छन् । मानिसहरू कि त पापद्वारा कि त धार्मिकताद्वारा नियन्त्रित हुन्छन् भनेर बुझ्‍नलाई मदत गर्नका लागि उनले ती अवधारणाहरूलाई तिनीहरूको दैनिक अनुभवबाट प्रयोग गरिरहेका छन् भनेर यहाँ उनले भनिरहेका छन् । वैकल्‍पिक अनुवादः “मैले यसको बारेमा मानवीय भाषाहरूमा बोलिरहेको छ” वा “मैले दैनिक जीवनबाटको उदाहरणहरू प्रयोग गरिरहेको छु”

तिमीहरूको शरीरको कमजोरीको कारण

पावलले धेरैपटक “शरीर” भन्‍ने शब्दलाई “आत्मा”को विपरीतको रूपमा प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले आत्मिक कुराहरू पूर्ण रूपमा बुझ्‍दैनौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूका शरीरका अङ्गहरूलाई अशुद्धता र दुष्‍टताकहाँ दासहरूको रूपमा दियौ

यहाँ “शरीरका अङ्गहरू”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “आफैँलाई कमारा झैँ ती सबै कुराको निम्ति सुम्पियौ, जुन कुराहरू दुष्‍ट र परमेश्‍वरलाई प्रसन्‍न नपार्ने खालका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताका दासहरूको रूपमा सुम्प

यहाँ “शरीरका अङ्गहरू”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरको अगि जे सही छ, त्यसको निम्ति आफैँलाई कमारा झैँ सुम्पिदेओ ताकि उहाँको सेवा गर्नको निम्ति उहाँले तिमीहरूलाई अलग गर्नुभएको होस् र उहाँको सेवा गर्नलाई शक्ति दिनुभएको होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)