ne_tn/rom/06/17.md

2.8 KiB

तर परमेश्‍वरलाई धन्यवाद होस् !

“तर म परमेश्‍वरलाई धन्यवाद चढाउँछु !”

किनकि तिमीहरू पापका कमाराहरू थियौ

पापको दासत्व भनेको एउटा अलङ्कार हो जसको अर्थ पाप गर्नलाई यति प्रबल चाहना गर्ने भन्‍ने हुन्छ कि कोही व्यक्तिले आफैँलाई पाप गर्नबाट रोक्‍न असक्षम बन्छ । यो यस्तो हो कि मानौँ पापले त्यो व्यक्तिलाई नियन्‍त्रण गर्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू पापका कमाराहरू झैँ थियौ” वा “तिमीहरू पापद्वारा नियन्त्रित थियौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तर तिमीहरूले हृदयदेखि आज्ञापालन गरेका छौ

यहाँ “हृदय” शब्दले केही कुरा गर्नलाई भएको साँचो वा इमान्दार अभिप्रायहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तर तिमीहरूले साँचो रूपले आज्ञापालन गर्‍यौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूलाई दिइएको शिक्षाको ढाँचा

यहाँ “ढाँचा”ले त्यस्तो जीवनशैलीलाई जनाउँछ जसले धार्मिकतातर्फ डोहोर्‍याउँछ । ख्रीष्‍टिएन अगुवाहरूले विश्‍वासीहरूलाई सिकाएअनुसारको जीवन जिउने नयाँ तरिकासित मेल खाने गरी जिउनका लागि तिनीहरूले आफ्‍नो पुरानो जीवनशैलीलाई परिवर्तन गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टिएन अगुवाहरूले तिमीहरूलाई दिएको शिक्षा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)