ne_tn/rom/06/16.md

2.5 KiB

के तिमीहरू जान्दैनौ कि जसको सामु तिमीहरूले आफैँलाई सेवकहरूको रूपमा समर्पण गर्छौ, ऊ त्यही व्यक्ति हो जसप्रति तिमीहरू आज्ञाकारी हुन्छौ, त्यो व्यक्ति जसको तिमीहरूले आज्ञापालन गर्नैपर्छ ?

परमेश्‍वरको अनुग्रह चाहिँ पाप गरिरहनका लागि एउटा कारण हो भनेर सोच्‍ने जो कोही पनि व्यक्तिलाई हप्‍काउनका लागि पावलले एउटा प्रश्‍नको प्रयोग गर्छन् । तपाईंले यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई थाहा हुनुपर्छ कि तिमीहरूले आज्ञापालन गर्नलाई चुनेको मालिकको तिमीहरू दासहरू हौ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

चाहे तिमीहरू पापका सेवकहरू हौ ... वा आज्ञापालनका सेवकहरू हौ

यहाँ पावलले “पाप” र “आज्ञाकारिता”लाई मालिकहरूको रूपमा बताउँछन् जसलाई दासले सेवा पुर्‍याउँछ । वैकल्पिक अनुवादः “चाहे तिमीहरू पापका दासहरू हौ ... वा आज्ञाकारिताका दासहरू जस्तै हौ” वा “तिमी कि त पापका दास हौ ... वा तिमी आज्ञाकारिताको दास हौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

जसले मृत्युतर्फ डोहोर्‍याउँछ ... जसले धार्मिकतातर्फ डोहोर्‍याउँछ

which results in death ... which results in righteousness