ne_tn/rom/06/14.md

2.7 KiB

पापलाई तिमीहरूमाथि राज गर्न नदेओ

यहाँ पावलले “पाप” चाहिँ एक राजा भए झैँ गरी कुरा गर्छन् जसले मानिसहरूमाथि राज गर्छ । वैकल्पिक अनुवादः “पापमय इच्छाहरूलाई तिमीहरूले गर्ने कुराहरूलाई नियन्‍त्रण गर्न नदेओ” वा “तिमीहरूले आफैँलाई ती पापपय कुराहरू गर्न अनुमति नदेओ जुन गर्न तिमीहरू चाहन्छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

किनकि तिमीहरू व्यवस्थामुनि छैनौ

“व्यवस्थामुनि” हुने कुराको अर्थ चाहिँ त्यसका सीमितता र कमजोरीहरूको अधीनमा हुनु भन्‍ने हुन्छ । तपाईंले पूर्ण अर्थलाई तपाईंको अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि तिमीहरू अब उप्रान्त मोशाको व्यवस्थासँग बाँधिएका छैनौ, जसले तिमीहरूलाई पाप गर्नलाई रोक्‍ने शक्ति दिन सकेन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तर अनुग्रहमुनि

“अनुग्रहमुनि” हुने कुराको अर्थ चाहिँ परमेश्‍वरको सित्तैको वरदानले पाप गर्नबाट टाढा रहने शक्ति प्रदान गर्छ भन्‍ने हुन्छ । तपाईंले पूर्ण अर्थलाई तपाईंको अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरू परमेश्‍वरको अनुग्रहसँग बाँधिएका छौ, जसले चाहिँ तिमीहरूलाई पाप गर्नलाई रोक्‍ने शक्ति दिन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)