ne_tn/rom/06/12.md

2.0 KiB

जोड्ने कथनः

पावलले हामीलाई सम्झना दिलाउँछन् कि हामीमाथि अनुग्रहले राज गर्छ, व्यवस्थाले होइन; हामी पापका कमाराहरू होइनौँ, तर परमेश्‍वरका कमाराहरू हौँ ।

तिमीहरूका मरणशील शरीरमा पापलाई राज गर्न नदेओ

पाप गरिरहेका मानिसहरूको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ पाप चाहिँ तिनीहरूलाई नियन्‍त्रण गर्ने तिनीहरूको मालिक वा राजा हो । वैकल्‍पिक अनुवादः “पापपूर्ण इच्‍छाहरूलाई तिमीहरूलाई नियन्‍त्रण गर्न नदेओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

तिमीहरूको मरणशील शरीरमा

यस वाक्यांशले व्यक्तिको शारीरिक भागलाई जनाउँछ, जुन मरिजानेछ । वैकल्‍पिक अनुवादः “तिमीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिमीहरूले त्यसका अभिलाषाहरूलाई मान्‍नलाई

पावलले दुष्‍ट चाहनाहरू भएको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ उसको पाप चाहिँ दुष्‍ट चाहनाहरू भएको कुनै मालिक हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)