ne_tn/rom/06/09.md

1.9 KiB

हामी जान्दछौँ कि किनकि ख्रीष्‍ट मृतकहरूबाट बिउँताइनुभएको छ

यहाँ बिउँताइनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्‍पद्धति हो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “हामी जान्दछौँ परमेश्‍वरले ख्रीष्‍टलाई उहाँ मर्नुभएपछि जीवनमा फर्काउनुभयो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-idiom]])

मृतकहरूबाट

ती सबैको माझबाट जो मेरका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृतक मानिसहरूलाई एकसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट बिउँताइनु भनेको पुनः जीवित हुनु हो ।

मृत्युले उहाँमाथि अब राज गर्दैन

यहाँ “मृत्यु”लाई एक राजा वा शासकको रूपमा वर्णन गरिएको छ जससँग मानिसहरूमाथि शक्ति हुन्छ । वैकल्पिक अनुवादः “उहाँ फेरि कहिल्यै मर्न सक्‍नुहुन्‍न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)