ne_tn/rom/06/06.md

3.6 KiB

हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रूसमा टाँगिएको थियो

“पुरानो मनुष्यत्वत्व” भनेको एउटा अलङ्कार हो जसले येशूमा विश्‍वास गर्नुभन्दा अघिको व्यक्तिलाई जनाउँछ । पावलले हाम्रो पापपूर्ण व्यक्तित्व चाहिँ हामीले येशूमा विश्‍वास गर्दा क्रूसमा येशूसँगै मरेको भनेर वर्णन गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “हाम्रो पापमय मनुष्यत्व येशूसँगै क्रूसमा मर्‍यो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

पुरानो मनुष्यत्व

यसले पहिला एक समयमा भएको, तर अब अस्तित्वमा नरहेको व्यक्ति भन्‍ने अर्थ दिन्छ ।

पापको शरीर

यो एउटा प्रतिस्थापन शब्द हो जसले पापी व्यक्तिको सम्पूर्णतालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हाम्रो पापी स्वभाव” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

नाश गर्न सकियोस्

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मरोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हामी अझै बढी पापको दास बन्‍न नपरोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पापले हामीलाई अरू बढी दास नबनाओस्” वा “हामी अब उप्रान्त पापको दासहरू बन्‍नुहुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हामी अझै बढी पापको दास बन्‍न नपरोस्

पापप्रतिको दासत्व भनेको एउटा अलङ्कार हो जसको अर्थ पाप गर्नलाई यति प्रबल चाहना गर्ने भन्‍ने हुन्छ कि कोही व्यक्तिले आफैँलाई पाप गर्नबाट रोक्‍न असक्षम बन्छ । यो यस्तो हो कि मानौँ पापले त्यो व्यक्तिलाई नियन्‍त्रण गर्छ । वैकल्‍पिक अनुवादः “हामी अरू बढी पापद्वारा नियन्‍त्रित हुनुहुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)