ne_tn/rom/03/intro.md

3.5 KiB

रोमीहरू ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यस अध्यायका पद ४ र १०-१८ का पदहरूसँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“यहूदी हुनुको अन्याजाति हुनु उपर के फाइदा छ ?” भन्‍ने प्रश्‍नलाई अध्याय ३ ले जवाफ दिन्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/lawofmoses]] अनि [[rc:///tw/dict/bible/kt/save]])

“किनकि सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्”

किनभने परमेश्‍वर पवित्र हुनुहुन्छ, उहाँसँग स्‍वर्गमा हुने जो कोही पनि व्यक्ति सिद्ध हुनैपर्छ । व्यक्तिमा भएको कुनै पनि पापले त्यसलाई दोषी ठहराउँछ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/heaven]] अनि [[rc:///tw/dict/bible/kt/condemn]])

मोशाको व्यवस्थाको उद्देश्‍य

व्यवस्थाको आज्ञापालनले कुनै व्यक्तिलाई परमेश्‍वरको सामु धर्मी ठहराउँदैन । परमेश्‍वरको व्यवस्थाको आज्ञापालन गर्नु भनेको कोही व्यक्तिले आफूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर देखाउने एउटा तरिका हो । मानिसहरू सधैँ विश्‍वासद्वारा नै धर्मी ठहराइएका छन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/justice]] अनि [[rc:///tw/dict/bible/kt/faith]])

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

पावलले यस अध्यायमा बारम्बार आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । यस्तो देखिन्छ कि यी आलङ्कारिक प्रश्‍नहरू प्रयोग गर्नुको अभिप्राय भनेको पाठकलाई तिनीहरूको पाप देखाउनु हो ताकि तिनीहरूले येशूमा विश्‍वास गरून् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///tw/dict/bible/kt/guilt]])