ne_tn/rom/03/24.md

1.9 KiB

तिनीहरू येशू ख्रीष्‍टमा भएको उद्धारद्वारा उहाँको अनुग्रहबाट सित्तैमा धर्मी ठहराइन्छन्

यहाँ “धर्मी ठहराइएका” भन्‍ने कुराले परमेश्‍वरको सामु धर्मी बनाइने कुरालाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सित्तैको वरदानको रूपमा तिनीहरूलाई उहाँको सामु धर्मी बनाउनुभएको छ, किनभने ख्रीष्‍ट येशूले तिनीहरूलाई स्वतन्‍त्र पार्नुहुन्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

तिनीहरूलाई सित्तैमा धर्मी ठहराइन्छ

यसको अर्थ हो कि तिनीहरू धर्मी ठहराइनलाई केही कमाउन नपरी वा योग्‍यता प्राप्‍त नगरीकनै धर्मी ठहराइन्छ । परमेश्‍वरले तिनीहरूलाई सित्तैमा धर्मी ठहराउनुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले कमाउनै नपरी परमेश्‍वरको सामु धर्मी ठहराइन्छन्”