ne_tn/rom/03/21.md

2.3 KiB

जोड्ने कथनः

यहाँ “तर” शब्दले देखाउँछ कि पावलले उनको निर्देशनलाई पूरा गरेका छन् र अब उनको प्रमुख भनाइ राख्‍न सुरु गरिरहेका छन् ।

अब

“अब” शब्दले येशू पृथ्वीमा आउनुभएदेखिको समयलाई जनाउँछ ।

व्यवस्था बिना नै परमेश्‍वरको धार्मिकता प्रकट गरिएको छ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले व्यवस्थाको पालना नगरीकनै उहाँको सामु धर्मी ठहरिने बाटो प्रकट गराउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यसलाई व्यवस्था र अगमवक्ताहरूद्वारा साक्षी दिइएको थियो

“व्यवस्था र अगमवक्ताहरू” भन्‍ने शब्दहरूले धर्मशास्‍त्रका ती अंशहरूलाई जनाउँछन् जुन मोशा र अगमवक्ताहरूले यहूदी धर्मशास्‍त्रमा लेखे । पावलले यहाँ तिनलाई अदालतमा साक्षी दिइरहेका मानिसहरू भए झैँ गरी वर्णन गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मोशा र अगमवक्ताहरूले लेखेका कुराहरूले यसलाई पुष्‍टि गर्छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])