ne_tn/rom/03/05.md

2.3 KiB

तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने, हामी के भन्‍न सक्छौँ र ? परमेश्‍वरले उहाँको क्रोध हामीमाथि ल्याउनुहुँदा उहाँ अधर्मी हुनुहुन्छ भनेर के हामीले भन्‍न सक्‍छौँ र ?

केही मानिसहरूले विवाद गरिरहेका कुराहरूलाई प्रस्तुत गर्न र यो तर्क सत्य हो वा होइन भनेर उनका पाठकहरूलाई सोच्‍न लगाउनका लागि पावलले यी प्रश्‍नहरूको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “केही मानिसहरूले भन्छन् कि किनकि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ, त्यसैले परमेश्‍वरले हामीलाई दण्‍ड दिनुहुँदा उहाँ अधर्मी हुनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

उहाँको क्रोध ल्याउन

यहाँ “क्रोध” भनेको दण्‍डको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “हामीमाथि उहाँको दण्‍ड ल्याउन” वा “हामीलाई दण्‍ड दिन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

म मानवीय तर्कलाई प्रयोग गरिरहेको छु

“म यहाँ ती कुराहरू भनिरहेको छु जुन केही मानिसहरूले भन्छन्” वा “केही मानिसहरूले यसो भन्छन्”