ne_tn/rev/22/17.md

2.5 KiB

जोड्ने कथनः

यो पद चाहिँ येशूले भन्‍नुभएको कुराको लागि प्रतिक्रिया हो ।

दुलही

विश्‍वासीहरूको विषयमा तिनीहरू कुनै दुलही भए झैँ गरेर बताइएको छ जसले तिनको दुलहा, येशूसँग विवाह गर्न लागेकी छिन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आओ !

सम्भावित अर्थहरू हुन् १) कि यो चाहिँ मानिसहरूलाई आउन र जीवनको पानी पिउनका निमित्त गरिएको निमन्‍त्रणा हो । वैकल्‍पिक अनुवादः “आओ र पिओ !” वा २) कि यो चाहिँ येशू पुनः फर्किनुहुनको लागि भएको नम्र अनुरोध हो । वैकल्‍पिक अनुवादः “कृपया आउनुहोस् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जो तिर्खाएको छ ... जीवनको पानी ...

कोही व्यक्तिको अनन्त जीवनको लागि हुने चाहनाको विषयमा त्यो कुनै तिर्खा भए जसरी र त्यस व्यक्तिले अनन्त जीवन प्राप्‍त गर्नु चाहिँ उसले जीवन दिने पानी पिइरहेको जस्तै गरेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जीवनको पानी

अनन्त जीवनको विषयमा त्यो चाहिँ जीवन दिने पानीद्वारा प्रदान गरिने केही चीज भए झैँ गरेर बताइएको छ । तपाईंले यसलाई प्रकाश २१:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)