ne_tn/rev/22/06.md

2.4 KiB

सामान्य जानकारीः

यो यूहन्‍नाको दर्शनको अन्त्यको सुरुवात हो । पद ६ मा स्वर्गदूत यूहन्‍नासँग कुरा गरिरहेका छन् । पद ७ मा, येशू बोलिरहनुभएको छ । यसलाई यूएसटीमा भएको जस्तै गरेर स्‍पष्‍टसँग देखाउन सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यी वचनहरू भरपर्दा र सत्य छन्

यहाँ “वचनहरू”ले तिनीहरूले निर्माण गरेका सन्देशलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश २१:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “यो सन्देश भरपर्दो र सत्य छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अगमवक्ताहरूका आत्माहरूका परमेश्‍वर

सम्भावित अर्थहरू हुन् १) “आत्माहरू” शब्दले अगमवक्ताहरूका भित्री स्वभाव-आचरणलाई जनाउँछ र परमेश्‍वरले तिनीहरूलाई प्रेरणा दिनुहुन्छ भनेर सङ्केत गर्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर जसले अगमवक्ताहरूलाई प्रेरणा दिनुहुन्छ” वा २) “आत्माहरू” शब्दले अगमवक्ताहरूलाई प्रेरणा दिनुहुने पवित्र आत्मालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले अगमवक्ताहरूलाई उहाँका आत्मा दिनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)