ne_tn/rev/20/intro.md

4.1 KiB

प्रकाश २० सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

ख्रीष्‍टको हजार वर्षको राज

यस अध्यायमा, येशूले हजार वर्ष राज गर्नुहुनेछ भनेर बताइएको छ, र त्यही समयमा शैतानलाई बन्दी बनाइन्छ । यसले भविष्‍यको समय अवधिलाई जनाउँछ वा स्वर्गबाट येशूले हाल राज गरिरहनुभएको कुरालाई जनाउँछ भन्‍ने कुरामा विद्वानहरू विभाजित छन् । यस खण्‍डलाई ठीकसँगले अनुवाद गर्नको लागि यसलाई बुझ्‍न आवश्‍यक छैन । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/prophet)

अन्तिम विद्रोह

यस अध्यायले हजार वर्षको समाप्‍तिपछि के हुन्छ भन्‍ने कुरालाई पनि वर्णन गर्छ । यो समय अवधिमा, शैतान र धेरै मानिसहरूले येशूको विरुद्धमा विद्रोह गर्ने कोसिस गर्नेछन् । यसले पाप र दुष्‍टतामाथिको परमेश्‍वरको आखिरी र अन्तिम विजयलाई परिणाम दिनेछ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/sin]] अनि [[rc:///tw/dict/bible/kt/evil]] अनि rc://*/tw/dict/bible/kt/eternity)

ठूलो सेतो सिंहासन

परमेश्‍वरले सबै युगका सारा मानिसहरूलाई इन्‍साफ गर्नुभएको कुरासँगै यो अध्याय सकिन्छ । परमेश्‍वरले येशूमा विश्‍वास गर्ने मानिसहरूलाई उहाँलाई विश्‍वास नगर्ने मानिसहरूबाट अलग गर्नुहुन्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/judge]] अनि [[rc:///tw/dict/bible/kt/heaven]] अनि rc://*/tw/dict/bible/kt/faith)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

जीवनको पुस्तक

यो अनन्त जीवनको लागि एउटा अलङ्कार हो । अनन्त जीवन प्राप्‍त गर्नेहरूका नामहरू यस जीवनको पुस्तकमा लेखिएका हुन्छन् भनेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

पाताल र अग्‍नि कुण्‍ड

यिनीहरू दुई फरक स्थानहरू भएको जस्तो देखिन्छ । अनुवादकले यी दुई स्थानहरूलाई फरक-फरक तरिकाले कसरी अनुवाद गर्ने भनेर निधो गर्नका निमित्त थप अनुसन्धान गर्नलाई विचार गर्न सक्छन् । तिनीहरूलाई अनुवादमा एउटै स्थान भएको जस्तो बनाउनुहुँदैन । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/hell)