ne_tn/rev/20/04.md

2.3 KiB

सामान्य जानकारीः

यो यूहन्‍नाको दर्शनको अर्को भाग हो । उनले अचानक सिंहासनहरू र विश्‍वासीहरूका प्राणहरूलाई देखेको कुरालाई वर्णन गर्छन् ।

जसलाई इन्‍साफ गर्ने अधिकार दिइएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले इन्‍साफ गर्ने अधिकार दिनुभएको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरू जसका शिरहरू काटिएका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसका शिरहरूलाई अरूहरूले काटेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

येशूको बारेमा भएको गवाहीको खातिर र परमेश्‍वरको वचनको खातिर

“किनभने तिनीहरूले येशूको बारेमा र परमेश्‍वरको वचनको बारेमा सत्यता बोलेका थिए”

परमेश्‍वरको वचनको खातिर

यी वचनहरू परमेश्‍वरबाटको सन्देशको लागि प्रतिस्‍थापन शब्द हुन् । वैकल्‍पिक अनुवादः “तिनीहरूले धर्मशास्‍त्रको बारेमा सिकाएको कुराको कारण” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरू जीवनमा आए

“तिनीहरू पुनः जीवनमा फर्किआए” वा “तिनीहरू फेरि जीवित भए”