ne_tn/rev/18/12.md

2.6 KiB

बहुमूल्य ढुङ्गाहरू, मोतीहरू

“थुप्रै किसिमका महँगा ढुङ्गाहरू ।” तपाईंले यिनीहरूलाई प्रकाश १७:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

असल मलमल

महँगो कपडा जुन एक किसिमको बिरुवाको रेसाबाट बनाइएको हुन्छ । तपाईंले “मलमल”लाई प्रकाश १५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

बैजनी, मलमलको, गाढा रातो रङ्गका

बैजनी भनेको धेरै गाढा रातो रङ्गको कपडा हो जुन धेरै महँगो हुन्छ । रेशम कपडा भनेको एउटा नरम र बलियो कपडा हो जुन रेशमकीराहरूले तिनीहरूको कोया बनाउँदाखेरी बनाउने मसिना धागोहरूबाट बनाइएको हुन्छ । गाढा रातो रङ्गको कपडा महँगो रातो कपडा हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

हस्‍त-हाडका हरेक भाँडाहरू

“हस्‍त-हाडले बनाइएका सबै खालका भाँडाहरू”

हस्‍त-हाड

एउटा सुन्दर, सेतो वस्तु जुन मानिसहरूले हात्ती वा वालरस (बाहिर लामा दाँतहरू भएका समुद्रमा बस्‍ने जन्तु) जस्ता विशाल जन्तुका दाह्राहरू वा दाँतहरूबाट पाउँछन् । वैकल्‍पिक अनुवादः “दाह्राहरू” वा “पशुका मूल्यवान् दाँतहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

सिङ्गमरमर

भवन निर्माण गर्नलाई प्रयोग हुने एउटा मूल्यवान् ढुङ्गा (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)