ne_tn/rev/18/07.md

1.9 KiB

जोड्ने कथनः

स्वर्गबाट त्यही आवाजले बेबिलोनको बारेमा त्यो कुनै स्‍त्री भए झैँ गरेर बताउनलाई निरन्तरता दिन्छ ।

त्यसले आफैँलाई महिमा गरी

“बेबिलोनका मानिसहरूले आफैँलाई महिमा गरे”

किनकि त्यसले आफ्‍नो मनमा भन्छे

यहाँ “हृदय” भनेको व्यक्तिको समझ वा विचारहरूको लागि प्रतिस्‍थापन शब्द हो । वैकल्‍पिक अनुवादः “किनकि त्यसले आफैँलाई भन्छे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

म एक रानी झैँ भएर बसेकी छु

त्यसले एक शासक भएकी दाबी गर्छे, जसको आफ्‍नै अधिकार छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

म एक विधवा होइन

त्यसले आशय दिन्छे कि त्यो अरू मानिसहरूमा भर पर्ने छैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मैले कहिल्‍यै शोक देख्‍नेछैन

शोक अनुभव गर्नुलाई शोक देख्‍नु भनेर बताइएको छ । वैकल्‍पिक अनुवादः “म कहिल्‍यै शोक गर्नेछैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)