ne_tn/rev/18/06.md

2.3 KiB

त्यसलाई तिरिदेओ जसरी त्यसले अरूहरूलाई तिरिदिएकी छे

आवाजले दण्‍डको विषयमा त्यो कुनै भुक्तानी भए झैँ गरेर बताउँछ । वैकल्‍पिक अनुवादः “त्यसलाई दण्‍ड देओ जसरी त्यसले अरूहरूलाई दण्‍ड दिएकी छे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्यसलाई दोबर तिरिदेओ

आवाजले दण्‍डको विषयमा त्यो कुनै भुक्तानी भए झैँ गरेर बताउँछ । वैकल्‍पिक अनुवादः “त्यसलाई दोबर दण्‍ड देओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जुन प्यालामा त्यसले मिसाएकी थिई, त्यसको लागि दोबर परिमाणमा मिसाओ

आवाजले अरूहरूलाई कष्‍ट भोग्‍न लाउनुको विषयमा यसरी बताउँछ मानौँ त्यो भनेको तिनीहरूले पिउनको लागि कडा मद्य तयार पार्नु हो । वैकल्‍पिक अनुवादः “त्यसले अरूहरूको लागि बनाएकोभन्दा दोबर मात्रामा कडा रहेको कष्‍टको मद्य त्यसको लागि तयार गर” वा “त्यसले अरूहरूलाई कष्‍ट भोग्‍न लगाएकोभन्दा दोबर बढी कष्‍ट त्यसलाई भोग्‍न लगाओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दोबर परिमाण मिसाओ

सम्भावित अर्थहरू हुन् १) “दोबर परिमाण तयार गर” वा २) “त्यसलाई दोबर मात्रामा कडा बनाओ”