ne_tn/rev/16/intro.md

3.0 KiB

प्रकाश १६ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायले अध्याय १५ को दर्शनलाई निरन्तरता दिन्छ । एकसाथमा तिनीहरूले सात विपत्तिहरू दिन्छन् जसले परमेश्‍वरको क्रोधलाई पूरा गर्छन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/wrath)

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्‍ठमा बाँकीको खण्‍डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले ५-७ का पदहरूसँग यसै गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“मैले मन्दिरबाट एउटा ठूलो स्वरले बोलाएको सुनेँ”

यो त्यही मन्दिर हो जसलाई अध्याय १५ मा उल्‍लेख गरिएको थियो ।

परमेश्‍वरको क्रोधका सात कचौराहरू

यस अध्यायले कठोर इन्साफहरूलाई प्रकट गर्छ । स्वर्गदूतहरूले परमेश्‍वरको क्रोधका सात कचौराहरू खन्याइरहेको रूपमा तिनीहरूलाई चित्रण गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

यस अध्यायको लवजबाट पाठकलाई छक्‍क पार्न खोजिएको छ । यस अध्यायमा व्यक्त गरिएको जीवन्त भाषालाई अनुवादहरूमा कम गरिनु हुँदैन ।

आरमागेड्‍डोन

यो एउटा हिब्रू शब्द हो । यो एउटा ठाउँको नाम हो । यूहन्‍नाले हिब्रू शब्दको उच्‍चारणलाई प्रयोग गरे र त्यसलाई ग्रीक अक्षरहरूमा लेखे । अनुवादकहरूलाई लक्षित भाषाको अक्षरहरूको प्रयोग गरेर त्यसको उच्‍चारणलाई लेख्‍नलाई प्रोत्साहन दिइन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-transliterate)