ne_tn/rev/14/intro.md

1.6 KiB

प्रकाश १४ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

कटनी

कटनी भनेको त्यो समय हो जब मानिसहरू बालीहरूबाट पाकेका अन्‍नहरूलाई जम्‍मा गर्न जान्छन् । अरू मानिसहरू परमेश्‍वरको राज्‍यको हिस्‍सा हुन सकून् भनेर तिनीहरू जानुपर्छ र अरू मानिसहरूलाई उहाँको बारेमा बताउनुपर्छ भनेर उहाँका अनुयायीहरूलाई सिकाउनको लागि येशूले यसलाई अलङ्कारको रूपमा प्रयोग गर्नुभयो । यस अध्यायले दुईवटा कटनीहरूको अलङ्कारलाई प्रयोग गर्छ । येशूले उहाँका मानिसहरूलाई सम्पूर्ण पृथ्‍वीबाट भेला गर्नुहुन्छ । त्यसपछि एकजना स्वर्गदूतले दुष्‍ट मानिसहरूलाई भेला गर्छन् जसलाई परमेश्‍वरले दण्‍ड दिनुहुनेछ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///tw/dict/bible/kt/faith]])