ne_tn/rev/14/14.md

2.0 KiB

जोड्ने कथनः

यूहन्‍नाले उनको दर्शनको अर्को भागलाई वर्णन गर्न सुरु गर्छन् । यो भागचाहिँ मानिसको पुत्रले पृथ्‍वीको कटनी गर्नुहुने विषयमा हो । अनाजको कटनी गर्नु भनेको परमेश्‍वरले मानिसहरूलाई इन्साफ गर्नुहुने कुराको प्रतीक हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

मानिसको पुत्र झैँ कोही एक

यो अभिव्यक्तिले कुनै मानव आकृति, मानव झैँ देखिने कोही व्यक्तिलाई वर्णन गर्छ । तपाईंले यसलाई प्रकाश १:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

सुनौलो मुकुट

यो जैतूनका हाँगाहरू वा लौरेलको रूखका पातहरूबाट बनेको हारको आकृति थियो, जुन सुन पिटेर बनाइन्छ । पातहरूबाट बनाइएका मुकुटहरू चाहिँ विजयी खेलाडिहरूलाई तिनीहरूको शिरमा लगाउन दिइन्थ्यो ।

हँसिया

घाँस, अनाज, र दाखको लहराहरू काट्नलाई प्रयोग गरिने घुमौरो धार भएको औजार (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)