ne_tn/rev/14/10.md

2.1 KiB

परमेश्‍वरको क्रोधको मद्य पनि पिउनेछ

परमेश्‍वरको क्रोधको मद्य पिउनु भनेको परमेश्‍वरद्वारा दण्‍डित हुनुको प्रतीक हो । वैकल्‍पिक अनुवादः “केही मद्य पनि पिउनेछ जसले परमेश्‍वरको क्रोधलाई प्रतिनिधित्व गर्दछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

जुन फिक्‍का नबनाइकन खनाइएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले पूर्ण कडापनमा खन्याउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जुन फिक्‍का नबनाइकन खनाइएको छ

यसको अर्थ हो कि मद्यमा केही पनि पानी मिसाइएको छैन । यो कडा हुन्छ, र यसलाई धेरै पिउने व्यक्ति ज्यादै मात्तिनेछ । एउटा प्रतीकको रूपमा, यसको अर्थ हो कि परमेश्‍वर अलिकति मात्रै रिसाउनुहुने होइन तर असाध्यै धेरै रिसाउनुहुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

उहाँको रीसको कचौरा

यो प्रतीकात्मक कचौरामा त्यो मद्य छ जसले परमेश्‍वरको रीसलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)