ne_tn/rev/14/04.md

2.4 KiB

आफैँलाई स्‍त्रीहरूसँग बिटुलो पारेका छैनन्

सम्भावित अर्थहरू हुन् १) “कुनै पनि स्‍त्रीसँग कहिल्यै पनि अनैतिक यौन सम्बन्ध राखेका छैनन्” वा २) “कुनै पनि स्‍त्रीसँग कहिल्यै पनि यौन सम्बन्ध राखेका छैनन् ।” आफैँलाई स्‍त्रीहरूसँग बिटुलो पार्नु भनेको मूर्तिपूजाको प्रतीक हुन सक्छ ।

कुमारहरू

सम्भावित अर्थहरू हुन् १) “तिनीहरूले त्यस्तो कुनै पनि त्यस्तो स्‍त्रीसँग सहवास गरेनन् जो तिनीहरूको पत्‍नी थिएन” वा २) “तिनीहरू कुमारहरू हुन् ।”

थुमा जता-जता जानुहुन्छ त्यतै-त्यतै पछ्याउनेहरू

थुमाले गर्नुभएको कुरा गर्नुलाई उहाँलाई पछ्याउनु भनेर बताइएको छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले थुमाले जे गर्नुहुन्छ सोही गर्छन्” वा “तिनीहरूले थुमाको आज्ञापालन गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मानवजातिमा पहिलो फलहरूको रूपमा उद्धार गरिएका

यहाँ “पहिलो फलहरू” भनेको कटनीको उत्सवमा परमेश्‍वरलाई चढाइने प्रथम बलिदानको लागि भएको अलङ्कार हो । वैकल्‍पिक अनुवादः “उद्धारको विशेष उत्सवको रूपमा बाँकीका मानवजातिका माझबाट किनिएका” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)