ne_tn/rev/14/01.md

2.3 KiB
Raw Permalink Blame History

सामान्य जानकारीः

“म” शब्दले यूहन्‍नालाई जनाउँछ ।

जोड्ने कथनः

यूहन्‍नाले उनको दर्शनको अर्को भागलाई वर्णन गर्न सुरु गर्छन् । थुमाको अगाडि १,४४, विश्‍वासीहरू उभिरहेका छन् ।

थुमा

“थुमा” भनेको कलिलो भेडा हो । यहाँ ख्रीष्‍टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

१,४४,

“एक लाख चवालीस हजार ।” तपाईंले यसलाई प्रकाश ७:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

जसका निधारहरूमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसका निधारहरूमा थुमा र उहाँका पिताले आफूहरूको नाउँहरू लेख्‍नुभएको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँका पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्‍वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)