ne_tn/rev/13/08.md

2.1 KiB

त्यसको पूजा गर्नेछन्

“त्यस पशुलाई पूजा गर्नेछन्”

ती सबैजना जसको नाउँ ... जीवनको पुस्तकमा लेखिएको थिएन

पृथ्‍वीमा भएको क-कसले त्यस पशुको पूजा गर्नेछन् भनेर यस वाक्यांशले स्‍पष्‍ट पार्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू जसका नाउँहरूलाई थुमाले जीवनको पुस्तकमा लेख्‍नुभएन” वा “तिनीहरू जसका नाउँहरू ... जीवनको पुस्तकमा लेखिएको थिएन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

संसारको सृष्‍टिदेखि

“जब परमेश्‍वरले संसारलाई सृष्‍टि गर्नुभयो”

थुमा

“थुमा” भनेको कलिलो भेडा हो । यहाँ ख्रीष्‍टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

जो मारिनुभएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई मानिसहरूले मारे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)