ne_tn/rev/13/04.md

2.1 KiB

अजिङ्गर

यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्‍टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई “दियाबलस वा शैतान” भनेर पनि परिचय गराइएको छ । तपाईंले यसलाई प्रकाश १२:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

त्यसले आफ्‍नो अधिकार त्यस पशुलाई दिएको थियो

“त्यसले त्यस पशुसँग आफ्‍नो जत्तिकै अधिकार हुने तुल्याएको थियो”

पशु जस्तो को छ ?

त्यस पशुको बारेमा तिनीहरू कति अचम्‍मित थिए भनेर यस प्रश्‍नले देखाउँछ । वैकल्‍पिक अनुवादः “पशु जत्तिकै कोही पनि शक्तिशाली छैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

त्यसको विरुद्धमा को लड्न सक्छ ?

त्यस पशुको शक्तिसँग मानिसहरू कति धेरै डराएका थिए भनेर यो प्रश्‍नले देखाउँछ । वैकल्‍पिक अनुवादः “कसैले पनि पशुको विरुद्धमा लडेर कहिल्‍यै जित्‍न सक्‍दैनथ्यो !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)