ne_tn/rev/08/intro.md

2.4 KiB

प्रकाश ०८ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

सात मोहोरहरू र सात तुरहीहरू

थुमाले सातौँ मोहोर खोल्‍नुहुँदा के हुन्छ भन्‍ने कुरालाई यस अध्यायले देखाउन सुरु गर्छ । पृथ्‍वीमा नाटकीय कुराहरू हुन लाउनलाई परमेश्‍वरले सारा विश्‍वासीहरूका प्रार्थनाहरूको प्रयोग गर्नुहुन्छ । त्यसपछि स्वर्गदूतहरूले सात तुरहीहरूमा पहिला चार तुरहीहरूलाई फुक्दा के हुन्छ भन्‍ने कुरालाई यूहन्‍नाले वर्णन गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-apocalypticwriting)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

कर्म वाच्य

यूहन्‍नाले यस अध्यायमा थुप्रै पटक कर्म वाच्यको प्रयोग गर्छन् । यसले काम गर्ने कर्तालाई लुकाउँछ । यदि अनुवादकको भाषामा कर्म वाच्यमा लेख्‍ने शैली छैन भने यसलाई व्यक्त गर्न कठिन हुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उपमाहरू

पदहरू ८ र १० मा, यूहन्‍नाले दर्शनमा देखेका चित्रणहरूलाई वर्णन गर्नका निमित्त उनले थुप्रै उपमाहरूको प्रयोग गर्छन् । उनले ती चित्रणहरूलाई दैनिक देखिने थोकहरूसँग तुलना गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)