ne_tn/rev/08/12.md

2.0 KiB

सूर्यको एक तिहाइ भागलाई प्रहार गरियो

सूर्यलाई केही नराम्रो हुन लगाउनु चाहिँ त्यसलाई प्रहार गर्नु वा हिर्काउनु भए झैँ गरेर बताइएको छ । यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापद राखेर व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “सूर्यको एक तिहाइ भाग परिवर्तन भयो” वा “परमेश्‍वरले सूर्यको एक तिहाइ भागलाई परिवर्तन गर्नुभयो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

तिनीहरूको एक तिहाइ भाग अँध्यारो भयो

सम्भावित अर्थहरू हुन् १) “समयको एक तिहाइ भागसम्‍म ती अँध्यारा थिए” वा २) “सूर्यको एक तिहाइ भाग, चन्द्रमाको एक तिहाइ भाग, र ताराहरूको एक तिहाइ भाग अँध्यारो भयो”

दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भागमा कुनै प्रकाश थिएन

“दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भागको अवधिभर त्यहाँ कुनै उज्यालो थिएन” वा “दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भागको अवधिभर तिनीहरू चम्केनन्”