ne_tn/rev/06/11.md

2.9 KiB

तिनीहरू मारिएका जस्तै तिनीहरूका सङ्गी सेवकहरू र तिनीहरूका भाइहरूको सङ्ख्या पूरा नभएसम्‍म, जो पनि मारिनुपर्थ्यो

यसको अर्थ हुन्छ कि परमेश्‍वरले तिनीहरूका शत्रुहरूद्वारा कुनै निश्‍चित सङ्ख्यामा मानिसहरू मारिनुपर्छ भनेर निर्णय गर्नुभएको थियो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले तिनीहरूका सङ्गी सेवकहरू ... दिदीबहिनीहरूको पूर्ण सङ्ख्यालाई नमारेसम्‍म, जसलाई मानिसहरूले मार्नेछन् भनेर परमेश्‍वरले निर्णय गर्नुभएको थियो, जसरी मानिसहरूले तिनीहरूका सङ्गी सेवकहरू ... दिदीबहिनीहरूलाई मारेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरूका सङ्गी सेवकहरू र तिनीहरूका भाइहरू

यो एउटै समूहका मानिसहरू हुन् जुन दुई फरक तरिकामा वर्णन गरिएको छः सेवकहरूको रूपमा र भाइहरू र बहिनीहरूको रूपमा । वैकल्‍पिक अनुवादः “तिनीहरूका भाइहरू जसले तिनीहरूसँगै परमेश्‍वरको सेवा गर्छन्” वा “तिनीहरूका सङ्गी विश्‍वासीहरू जसले तिनीहरूसँगै परमेश्‍वरको सेवा गर्छन्”

भाइहरू

ख्रीष्‍टिएनहरूलाई धेरैपटक एक अर्काका दाजुभाइहरू हुन् भनी भनिन्छ । यहाँ बताइएकाहरूका माझमा महिलाहरू पनि पर्छन् । वैकल्‍पिक अनुवादः “सङ्गी ख्रीष्‍टिएनहरू” वा “सङ्गी विश्‍वासीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)