ne_tn/rev/06/09.md

2.6 KiB

पाचौँ मोहोर

“अर्को मोहोर” वा “मोहोर सङ्ख्या पाँच” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

वेदीमुनि

यो “वेदीको जगनिर” भएको हुन सक्छ ।

तिनीहरू जो मारिएका थिए

यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापद राखेर अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू जसलाई अरूहरूले मारेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

परमेश्‍वरको वचन र तिनीहरूले बोकेका साक्षीको खातिर

यहाँ “परमेश्‍वरको वचन” चाहिँ परमेश्‍वरबाटको सन्देशको लागि प्रतिस्थापन शब्द हो र “बोके” भनेको चाहिँ अलङ्कारको रूपमा भनिएको हो । सम्भावित अर्थहरू हुन् १) साक्षी बोक्‍ने कुराले परमेश्‍वरको वचन र गवाहीलाई विश्‍वास गर्ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “धर्मशास्‍त्रको शिक्षाहरू र तिनीहरूले येशू ख्रीष्‍टको बारेमा सिकाएका कुराहरूको खातिर” वा “किनभने तिनीहरूले परमेश्‍वरको वचनलाई विश्‍वास गरे, जुन उहाँको गवाही हो” वा २) साक्षी बोक्‍ने कुराले परमेश्‍वरको वचनको बारेमा गवाही दिने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “किनभने तिनीहरूले परमेश्‍वरको वचनको बारेमा गवाही दिए” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])